२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरीएसियाडमा नेपाल विमोचनराष्ट्रिय खेलसंघ सबलीकरण कार्यक्रम सुरुआज जेठ ५ गते शनिबार तपाईंको दिन कस्तो ? थाहा पाउनुहोस् राशिफलसुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरणमुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायनमा माया नै मायाऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरीगाउँपालिकाको सहकार्यमा लिसंंखुपाखरमा विद्यार्थीलाई १५ दिने व्यक्तित्व विकास र अभिनय तालिमहस्पिटालिटी म्यानेजमेन्टको सर्वोत्कृष्ट गन्तव्य : प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीनेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार ०५:५८

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले पौडी पोखरी क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमकट्टेलले सो पूर्वाधारको शनिबार एक कार्यक्रमबीच सिलान्यास गरे । गौरीटार हाताभित्र उक्त पूर्वाधार बन्न लागेको हो ।
दस लेनको पौडी पोखरी २५ गुणा ५० मिटरको हुनेछ । सो पौडी पोखरी छेउमै २५ गुणा १० मिटरको प्रशिक्षणका लागि पनि पौडी पोखरी बन्ने छ । कुल लागत ६ करोड ९६ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । पहिलो चरणमा २५ गुणा ५० मिटरको पुल बनाइने छ ।
क्रिकेट रंगशालाको लागत ७६ करोड रहेको बताइएको छ । पहिलो चरणमा मैदानसहित ६ सय जना अट्ने ब्लक बनाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु