डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

राजिप र युनिशालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २४ गते, सोमबार ०५:४८

राजिप महर्जन र युनिशा महर्जनले प्रथम अन्तर २० वडा कप टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा राजिप र महिलामा युनिशा पहिलो भएका हुन् ।
पुरुषमा सांज्ञा वज्राचार्य दोश्रो तथा एरिश शाक्य र सञ्जय शाक्य तेश्रो भए । महिलामा गार्भी महर्जनले रजत तथा प्रमिला जोशी र मन्दिरा शाक्यले कांस्य जिते ।
ललितपुर महानगरपालिका वडा नं. २० द्वारा आयोजित प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा एरिश शाक्य पहिलो, संस्कार श्रेष्ठ दोश्रो तथा शर्मन शाक्य र प्रहृत शर्मा तेश्रो बने । पुरुष १६ देखि ४० वर्षमा सञ्जय शाक्यले स्वर्ण, रेमन महर्जनले रजत तथा अजय जोशी र रमन महर्जनले कांस्य हात पारे ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा राजिप महर्जन प्रथम, सांज्ञा वज्राचार्य द्वितीय तथा रोशनकुमार शाक्य र राकेशभक्त मुल्मी तृतीय भए । कर्मचारी र जनप्रतिनिधि सम्मिलित मिश्रित सिंगल्समा शैलेन्द्र शाक्य पहिलो, चन्द्रलाल महर्जन दोश्रो तथा अमर डंगोल महर्जन र मंगलदेवी महर्जन तेश्रो भए । पुरुष डबल्समा अशोक श्रेष्ठ÷सांज्ञाको जोडी पहिलो, प्रमोद श्रेष्ठ÷धनबहादुर महर्जनको जोडी दोश्रो तथा शर्मन शाक्य÷रमन महर्जन तथा अमर डंगोल महर्जन÷ रोशनकुमार शाक्यको जोडी तेश्रो स्थानमा रहे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु