चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २५ गते, मंगलवार ०४:१२

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारले अभिनय रहेको छ ।

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ । विभिन्न फेस्टिभलहरुमा समेत सहभागिता जनाएर अवार्ड पाएको यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा अमोद राई र नबिन सुब्बाको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायांकन रहेको यो फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु