लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुतीनेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थान

आज मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २६ गते, बुधबार ०५:५४

काठमाडौं। आज बुधबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। आजको दिन जन्म दिने आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशीर्वाद लिएर मनाइँदैछ।

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो। आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो।

माता तिर्थ औँसीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठुलो मेला लाग्छ। आमाको लागि मीठा परिकार किन्नेहरूको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरूमा भीड हुने गर्दछ।

आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु