दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सहाना प्रधान स्मृति यु–१९ भलिबलको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २७ गते, बिहीबार ६:२८

नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ ।
सोका लागि प्रतिष्ठान र भलिबल संघबीच बुधबार सम्झौता भएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने छ भने प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्ने छ ।
प्रतियोगितामा पुरुष÷महिलामा सात प्रदेशबाट समान ७–७ टिम सहभागी हुने छन् । त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए । पुरुष÷महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधार खेल खेलाइने छ ।
पुरुष÷महिला दुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २५÷२५ हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागत उत्कृष्टले समान १०–१० हजार नगद पुरस्कार पाउने छन् ।
अध्यक्ष चन्दले कुनैपनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महत्वपूर्ण हुने बताउदै प्रतिष्ठानको सहयोगका लागि आभार प्रकट गरे । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्ने बताउदै प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानकी अध्यक्ष झाक्रीले उमेरसमूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाद दिदै नेपाली राजनीतिकी अग्रज स्व. सहानाको योगदानको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु