दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं जेसिजको जेसिज सप्ताह शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २८ गते, शुक्रबार १७:२३

काठमाडौं । देशकै पहिलो प्रतिष्ठित जेसिज शाखा काठमाडौ जेसीजले हरेक बर्ष झै गर्दै आएको जेसिज सप्ताह बिहीबारदेखि शुभारम्भ गरेकको छ ।

पहिलो दिनको कार्यक्रम काठमाडौको टोखा नजिकै रहेको “हाम्रो बाल संरक्षण धरोहर नेपाल”नामक संस्थामा खाद्यान्न लत्ताकपडा ,सिलाईको मेसिन, तथा नगदसहित आर्थिक सहयोग गरेको छ ।
कार्यक्रम मा काठमाडौ जेसिजका अध्यक्ष एन्जीला खड्का उपाध्यक्ष नारायण आचार्य, महासचिव श्याम कुमार घिमिरे कोषाध्यक्ष करूना थापा, सदस्य अर्जुन गौतम लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष खड्का ले आफु सदैव समाज सेवा गर्न रुचाउने, आगामी दिनमा अझै बढी सेवा मुलक कार्यमा लागी रहने बताउनुभयो।

महासचिव श्याम कुमार घिमिरेले व्यक्तिगत तथा संस्थागत रूपमा आफु सधै यस्ता प्रकार का सामाजिक कार्यमा लागीरहने बताउनु भयो ।विभिन्न कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।

संस्थाको संचालिका बिनीता अर्यालले सहयोगी मनलाई धन्यवाद दिदै आगामी दिनमा पनि बालबालिकाको लागि सबैलाइ सकेको सहयोग गर्न समेत अपिल गरिन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु