डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २८ गते, शुक्रबार १९:१५

काठमाडौं, बैशाख २८ गते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।ं
फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।
एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहति चार बुँदे विवरण माग गरेको थियो ।
एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययन पश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।
बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्था बारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।
सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नु भयो ।
आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरुको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्याणाकर्षन गराउनु भएको छ ।
फिफा विश्व कप र एसियाली छनोटअन्तर्गत नेपालले युएइ विरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु