राष्ट्रिय संगितकर्मि संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी,निर्विरोधको संभावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २९ गते, शनिबार ११:३५

काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन ।
यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी बिजयी भएका थिए । हाल कार्यबाहक अध्यक्ष भएर उनले अधिवेसन गरेका छन ।
उनको योजना अनुरुपै ७७ जिल्लामा संङ्गठन बिस्तार समेत गरेका छन । उनले सम्पूर्ण कलाकारलाई आफुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । पछिल्लो समयमा
कटुवालको यो संस्थामा ठूलो योगदान रहेको छ ।
संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी सार्वजनिकपछि उनी निर्विरोधको संभावना पनि बढेको छ । निर्विरोध नै भएनन भने पनि अत्याधिक मतले बिजयी हुन्छन अधिवेशनमा उपस्थित धेरै प्रतिनिधीहरुले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु