आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

बीएनए क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ३० गते, आईतवार ०७:२९

काठमाडौं, बैशाख २९ गते । आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको थ्री बाइ थ्रीमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सिनियर गल्र्समै नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्ट पनि क्वाटफाइनलमा पुगे । क्वाटरफाइनल बीएनए र नेपाल मोडेल, नेचर र भ्याली पब्लिक, फेरिल्यान्ड र एन्जल्स हार्ट तथा स्काइलार्क र ग्रिनल्यान्डबीच हुनेछ ।
जुनियर ब्वाइजमा समूह ‘ए’ बाट एन्जल्स हार्ट विजेता र गोल्डेनपिक उपविजेता हुँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । आयोजक बीएनए समूह ‘बी’ को विजेता तथा हिमरश्मि सोही समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाए । समूह ‘डि’ बाट लालीगुराँस नेसनल एकेडेमी तथा ओडिसी इन्टरनेसनल एकेडेमी क्रमशः विजेता र उपविजेताका हैसियतले क्वाटरफाइनल यात्रा तय गरे । समूह ‘सी’ बाट क्वाटरफाइनल पुग्ने २ टिमको टुंगो लाग्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु