काठमाडौ । देशकै पहिलो प्रतिष्ठित जेसिज शाखा काठमाडौ जेसीजले सप्ताह कार्यक्रम अन्तर्गत आज रक्तदान सम्पन्न भएको छ ।
काठमाडौ जेसिसको आयोजनामा सप्ताह कार्यक्रमको आज पाँचौ दिन पशुपति प्राङ्गणमा स्टार हस्पिटल सँगको सहकार्य भएको रक्तदानमा
कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
रगतको अभावले गर्दा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको महासचिव श्याम कुमार घिमिरेले जानकारी दिए ।
रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको समेत घिमिरेले औँल्याए।