डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

माओवादी एसिया प्रदेश समितिको संयोजकमा शनि ओली र सचिवमा पन्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख ३१ गते, सोमबार २०:३७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) भएका छन । पार्टीले ओलीको संयोजकत्वमा प्रदेश संगठन समिति गठन गरेको हो ।

प्रदेश इञ्चार्ज, सह– इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
जसअनुसार पदाधिकारीतर्फ सह– संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त, सह–सचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन चयन हुँदा कोषाध्यक्षमा बाबुराम बिश्वकर्मा चयन भएका छन ।
यस्तै कार्यसमितिको सदस्यहरूमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ , इश्वरी कठायत, अर्जुन घर्तिमगर, प्रेम पाण्डे, मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी, जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रवि रमण अधिकारी र मनु मगर चयन भएका छन् ।
यस्तै नारायण बिश्वकर्मा, कमल शाही , उमेश बिश्वकर्मा, होमनाथ शर्मा, ठाकुर प्रसाद ढुङ्गाना, कमल महत, युवराज के.सी, भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल, युवराज कार्की र रेशम पौडेल पनि सदस्य चयन भएका छन ।
माओवादी केन्द्रको गत फागुन १३ गते सम्पन्न पार्टीको बिधान अधिवेशनबाट पारित बिधानको ब्यवस्था अनुसार एसिया (सार्क बाहेक) प्रदेश समितिको निर्माण गर्ने निर्णय भएको थियो ।
माओवादीले एसिया प्रदेश संगठन समितिको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल र सहइन्चार्जमा ओम शर्मालाई यसअघि नै जिम्मेवारी दिइसकेको छ । यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन । तीनमध्ये भारत प्रदेश र युरोप र अमेरिका प्रदेशको कमिटी भने गठनको प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ ।
नबनियुक्त सम्योजक ओलीले आफुले पार्टीको लागि सक्दो काम गर्ने बताए । उनले पार्टीलाई उक्त जिम्मेवारी दिएकोमा नेतृत्वप्रती आभार ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु