भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

खेलाडीलाई उपचार सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते, मंगलवार ०८:३६

काठमाडौं, बैशाख ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।
भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख तथा सुटिङ खेलाडी सविता बस्नेतलाई १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइयो । कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
महर्जनको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ । प्रशिक्षणका दौरान चोट लागेका महर्जनले दुखाई कम गर्न ३ वर्ष ‘पेन किलर’ औषधि सेवन गरेका थिए । त्यही ओषधि सेवनका कारण महर्जनको मृगौलामा समस्या उत्पन्न भएको थियो । सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित छिन् । सविताको ‘रेडियोथेरापी’ सकिएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु