आईटीएफ तेक्वान्दोमा गण्डकी टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते, मंगलवार ०८:३९

गण्डकी प्रदेश २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गण्डकी ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला तेक्वान्दो संघको सह–आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ नेपाल एपीएफ क्लब दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र १० कांस्य हात पा¥यो ।
रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सुनिल महतो तथा महिलामा सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।
विजेतालाई आयोजक महासंघका अध्यक्ष प्रवीण कार्की, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक उमेश राजथलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु