भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

गोल्डेनपिक, भ्याली पब्लिक र सेबलाई बीएनए कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते, मंगलवार १९:१०

काठमाडौं, जेठ १ गते ।

गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक च्याम्पियन बनेका हुन् । सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो ।

बसुन्धराको नमुना टोलस्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टीआईएलाई १९–१८ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३–१० ले हरायो ।

जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३–२२ को कठिन जित दर्ता ग¥यो । सेबका जीवन खत्रीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सारथी पाठशाला, सिनियर गल्र्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने ।

जुनियर ब्वाइजमा २ छुट्टै विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो । एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बीएनएका सिद्धान्त शर्मा (६० अंक) सर्वाधिक स्कोर भए ।

विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन, कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारी, बीएनएका संस्थापक प्रिन्सिपल टंककुमार चापागाईं, बीएनएका स्कुल को–ओर्डिनेटर सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ र जुनियर ब्वाइजमा १२ गरी ४५ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु