दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २ गते, बुधबार १६:४४

काठमाण्डौं । युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै नेपाली कवि सरोज ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका छन् । नेपालका ओझासहित अन्य ६ देशका ११ जना विश्व कविहरुले उक्त पुरस्कार आफनो नाममा पारेका हुन् । साहित्यकार रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा बंगलादेशको ढाकामा रहेको द डेली ग्लोबल नेसन र भारतको कोलकातामा रहेको ग्लोबल राइटर्स एकेडेमीले आयोजना गरेको विश्वभरबाट कुल ४८ जना कविहरु प्रतिस्पर्धामा थिए । पुरस्कार विजेतामा मेसोडेनियाली कवि गोरडाना एन्डोनोव्स्का, वोत्स्ववनाका केनेथ मस्वाबी, टयुनिसियाबाट मिरियम गेजेल बेन ब्राहिम, फिलिपिन्सका मार्लोन सलेम ग्रुजो बोन्ड्रोफ, अजरवैजानकी एल्माया काबारोवा र भारतीय कविहरु कुमार मलाय, शुची पात्रा, हर्षद पण्डित, डा तस्नीम उस्ताद, देबश्रिता बसु हुनुहुन्छ् ।

कालातीत कलात्मकता र पौराणिक कविको स्थायी प्रभावको वास्तविक उत्सव मनाउने क्रममा ग्लोबल राइटर्स एकेडेमीले भर्चुअल प्लेटफर्म मार्फत लिखित रूपमा कविता आव्हान गरेसँगै ओझा प्रतिस्पर्धामा होमिएका थिए । ओझाको युगलका रुपमा भारतकी कवि डा तस्नीम उस्तादसँगै आँखाबाट हुने प्रेमिल भावलाई कविता मार्फत प्रस्तुत गरेका थिए ।
रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको स्मरणमा भानुसिंह पुरस्कार प्रदान गर्ने गरिन्छ । भारतीय कविताको परम्परागत विधा मानिने भानुसिंह कविताहरूले राधा र कृष्ण बीचको प्रेमको वर्णन गर्दछ ।

अवार्ड हासिल गरेपछि नेपालका कवि सरोज ओझाले खुसी व्यक्त गर्दै आयोजक र समकक्षी डा उस्ताद प्रति आभार व्यक्त गरे । विश्वले रवीन्द्रनाथ टैगोरको चिरस्थायी विरासतलाई मनाउने क्रममा आयोजित प्रतियोगिता र लेखन कलाप्रतिको सम्मानले कविताको कलालाई प्रेरणा दिदै माथि उठाउनेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु