नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को अध्यक्षमा शाह, उपाध्यक्षमा ढकाल, पोखरिया र श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २ गते, बुधबार १९:२३

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले सन २०२५ सम्ममा कम्तीमा २० वटा देशमा सञ्जाल विस्तार गर्ने निर्णय गरेको छ । यही मे ११ मा सम्पन्न महासंघको वार्षिक साधारणसभाले सन २०२३ देखि २०२५ सम्मका लागि नयाँ कार्यसमिति निर्वाचित गर्दै उक्त निर्णय गरेको हो । हाल महासंघले १० वटा देश अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, हङकङ, मध्यपूर्वका कतार ,युएई,साउदी अरव, मकाउ र क्यानडामा सञ्जाल विस्तार गरिसकेको छ ।
महासंघको वार्षिक साधारणसभाले स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया) को अध्यक्षतामा सन २०२३–२०२५ का लागि अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ । शाह महासंघका संस्थापक अध्यक्ष समेत हुन ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा गोकर्ण ढकाल (हङकङ), उपाध्यक्षहरुमा पूर्ण पोखरिया (कतार),रमेश श्रेष्ठ (युएई), आकाश बन्जरा (हङकङ), प्रकाश थापा (अमेरिका), समिम अनवर (अष्ट्रेलिया), दिला खरेल (अष्ट्रेलिया) लाई चयन गरेको छ । त्यसै गरि महासचिवमा दिपेन घले (हङकङ), सचिवहरुमा प्रदीप न्यौपाने (चीन), कुमार कार्की (साउदी अरेबिया), कोषाध्यक्षमा उषा गुरुङ (अष्टेलिया) सह–कोषाध्यक्षमा ओम ज्ञवाली (चीन), प्रवक्तामा शम्भु कँडेल (अष्ट्रेलिया) चयन भएका छन ।
साथै कार्यकारी सदस्यहरुमा रजनीश भट्टराई (हङकङ), मनिषा श्रेष्ठ डंगोल (बेलायत), अमर सापकोटा (कतार), विकास दाहाल (कतार), एमके पौडेल (अमेरिका), निराजन खत्री (दूवई) र थकरबहादुर कार्की (दूवई) चयन भएका छन ।
साधारणसभाले एसिया प्यासिफिकको क्षेत्रीय अध्यक्षमा रुस्तम श्रेष्ठ (मकाउ), क्षेत्रीय अध्यक्ष यूरोपमा राजेन्द्र कँडेल (स्पेन), क्षेत्रीय अध्यक्ष मध्यपूर्वमा विकास शाही (दूवई), क्षेत्रीय अध्यक्ष उत्तर अमेरिकामा रोशन बुढाथोकी (अमेरिका) लाई निर्वाचिन गरेको छ ।
उद्यमीहरुको सशक्तिकरण गर्ने, उनीहरुलाई विभिन्न सञ्जालमा आबद्धता गराउने, उनीहरुको क्षमता विकास गर्ने, विभिन्न सम्मेलनमार्फत विचार आदानप्रदान गर्ने उद्देश्यले सन २०२१ डिसेम्बर ३ तारिख काठमाडौँ स्थित याक एण्ड यति होटलमा महासंघ स्थापना भएको थियो । महासंघले सन २०२३ मा अलफ्ट होटलमा अन्तर्राष्ट्रिय उद्यमी समिट आयोजना गरेको थियो । स्थापनायता महासंघले नीति तथा पैरवी सम्मेलन गरिसकेको छ । साथै नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, नेपाली युवा उद्यमी फोरमले विभिन्न वेभिनार, टक शोको आयोजना लगायतका कार्य गरिसकेको छ ।
महासंघले नेपाल र प्रवासी नेपाली ब्यबसायीको सम्बन्धमार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विशेष गरी विदेशमा रहेको नेपाली व्यवसायीहरुसँगको सम्बन्ध विस्तार गर्ने, व्यापार व्यवसाय बढाउने, विचार आदानप्रदान गर्ने, नेपालमा लगानीका सम्भावना पहिचान र सहजीकरण गर्ने लगायतका उद्देश्य लिएको छ । विभिन्न व्यावसायिक सञ्जालमार्फत सल्लाह तथा परामर्श प्रदान गर्दै आएको महासंघले स्टार्टअप संस्कृतिको सुरुआत गर्दै नेपाल र अन्तर्राष्ट्रिय स्तरमा रहेका उद्यमिहरुलाई प्रोत्साहन गर्दै लगानीको अवसर समेत सिर्जना गर्दै आएको छ । विभिन्न संघ तथा संस्थासँगको सहकार्यमा काम गर्दै आएको महासंघले माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई युवा उद्यमीसँग जोडेर उद्यमशिलता तर्फ अग्रसर गराउने लक्ष्य राखेको जनाएको छ ।
फिनेको नवनिर्वाचित उपाध्यक्ष पोखरियाले संस्थाले प्रवासमा रहेका नेपाली ब्यावसायीहरुका लागि विविध कार्यक्रम गर्दै देश विकासको लागि केही ईटा थप्ने कार्य गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु