पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार १४:२६

काठमाडौं, ३ जेठ । भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको बताएका हुन् ।

सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमत्तोमा ९ करोड बढी भ्रष्टाचार भएको बताए । आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा उक्त भ्रष्टाचार भएको उनको दाबी छ । अभियन्ता भण्डारीले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर भ्रष्टाचार सो अवधिमा भ्रष्टाचार गरेका आरोप लगाए ।

सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुरमा २०७९ साउन १० मा उजुरी दिएपनि प्रभावकारी छानविन नभएको उनको गुनासो छ । २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वडा अध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका थिए । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।

त्यसैगरी, अभियन्ता युवराज पौडेल ‘सफल’, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्त बहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्यतथ्य छानविन गरेर दोषीउपर कानुनी कारबाही हुनुपर्ने बताए । दोषीमाथि कारबाही नभएसम्म आफूहरु निरन्तर लागिरहने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

यस विषयमा हामीले वडा अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे । उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।

‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरकेका मानिसहरुको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’– वडा अध्यक्ष भण्डारीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु