मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

चलचित्र ‘ईश्वर’ साउन ११ गते रिलिज हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते, बिहीबार १५:१६

काठमाडौं ।राजु गिरीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ईश्वर’ साउन ११ गते रिलिज हुने भएको छ । आगामी २०८१ साल मंसिर १४ गते रिलिजको तयारी गरिरहेको सो फिल्म साउन १४ गते नै रिलिज हुने भएको हो ।

फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै लेखक तथा निर्देशक राजु गिरीले फिल्मी फण्डालाई नयाँ रिलिज डेट तय गरिएको बताए । फिल्म ईश्वरको प्रिमियर शो वैशाख २९ गते पोखराको चिप्लेढुंगामा भव्य रुपमा सम्पन्न भएको थियो ।

फिल्म ईश्वर दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । जसमा निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन् ।

अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, भिस्माराज फुलारा र जगदिश आचार्य गितकार,कविराज गहतराज र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु