तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हस्पिटालिटी म्यानेजमेन्टको सर्वोत्कृष्ट गन्तव्य : प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते, शुक्रबार ९:५८

काठमाडौं । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी अष्ट्रेलियन गुणस्तरको पाककला प्रशिक्षणको अग्रणी संस्था हो। जुन विद्यार्थीहरूको रोजाइमा पर्न सफल रहदै आएको छ ।

युवाहरूलाई पाककला तथा हस्पिटालिटी सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले हस्पिटालिटी कुलनरी आर्ट्स अर्थात पाककला अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।

१२ कक्षा पास भएका तथा तीस वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरुलाई लक्षित गर्दै नेपालमा नै पाककला तथा हस्पिटालिटी बिषय अध्यन गर्न चाहना राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै एक वर्षे पाठ्यक्रम बनाइएको एकेडेमीका प्रबन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

‘किचन स्किल र कुकिङ, बारिस्टा, बेकरी, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै गुणस्तरीय अध्यापन सेवा स्वदेशमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो र विगत आठ वर्षदेखी अनवरत रुपमा हामीले सेवा दिएका छौ” थापाले भन्नुभयो ।

‘सिटिईभिटिईबाट मान्यता प्राप्त तथा अस्ट्रेलियन सरकारबाट सर्टिफाइड भएकोले हाम्रा विद्यार्थी स्वदेश तथा बिदेशमा रोजगारीको लागि योग्य हुन्छन् ’ उहाँले थप प्रष्ट पार्नुभयो ।

यस एकेडेमीबाट अध्यन गरेका विद्यार्थीहरु मध्ये हाल सम्म ५ सय भन्दा बढी स्वदेश तथा बिदेशका तारे होटलमा रोजगार भएको र ४ सय भन्दा बढी अस्ट्रेलियामा रोजगार प्राप्त गर्न सफल रहेको पनि एकेडेमीका प्रवन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

“हाम्रो एकेडेमीमा पढेकाहरुले यहि बस्न चाहे नाम चलेका होटलमा प्लेसमेन्टको व्यवस्था गरेका छौ । बाहिर जान चाहनेहरुको लागि पनि प्लेसमेन्ट खोजिदिने छौ” उहाँले बताउनुभयो ।

बढ्दै गएको बिदेश पलायनको समस्या निराकरण गर्ने र नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले अस्ट्रेलियन स्ट्यान्डर्डको होटल तथा हस्पिटालिटी सीप एकेडेमीले उपलब्ध गराएको थापाको भनाई छ । एक वर्षे कोर्स अन्तर्गत ६ महिना सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने पनि उहाँले उल्लेख गर्नुभयो । “बाकी ६ महिना नाम चलेका होटलमा इडस्ट्रीयल प्राक्टिस गराइन्छ” उहाँले जानकारी गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु