दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गाउँपालिकाको सहकार्यमा लिसंंखुपाखरमा विद्यार्थीलाई १५ दिने व्यक्तित्व विकास र अभिनय तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते, शुक्रबार ११:२८

काठमाडौँ– सिन्धुपाल्चोकको लिसंखुपाखर–७मा १० कक्षा मुनिका विद्यार्थी लक्षित व्यक्तित्व विकास र अभिनयसम्बन्धि १५ दिने तालिम (कार्यशाला) सञ्चालन गरिएको छ।
शताब्दी र लिसंंखुपाखर गाउँपालिकाको सहकार्यमा आयोजित उक्त कार्यशालाले बालबालिकाको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने गाउँपालिकाको अध्यक्ष राजु लामाले बताए ।
उनका अनुसार गाउँपालिकाका बालबालिकाको व्यक्तित्व विकास र कलात्मक क्षमता अभिवृद्धि गर्न शताब्दी नामक संस्थासँगको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा ककलिङ हरिसिद्धि माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा छ देखि आठसम्मका अध्ययनरत २० जना विद्यार्थी सहभागी छन्। जेठ २ गतेदेखि सुरु भएको कार्यशाला १५ दिनसम्म चल्ने शताब्दीका अध्यक्ष तथा नाट्यकर्मी शंकर भण्डारीले बताए ।

भण्डारीका अनुसार विशेषत् बालबालिकालाई अभिनयतर्फ आकर्षित गराउन कार्यशाला सञ्चालन गरिएको हो। कार्यशाला सकिएपछि बालबालिकामार्फत दुई नाटक मञ्चन गर्ने आयोजकको तयारी छ।

कार्यशालामा नाट्यकर्मी शंकरसहित शताब्दी टिमले प्रशिक्षण दिइरहेको छ। कार्यशालाको लागि शताब्दी र लिशंखुपाखर गाउँपालिकाले सहकार्य गरेको हो। यो कार्यशाला समापन पछि गाउँपालिका भरी यस्तै अन्य कार्यशालाको आयोजना गरिने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु