एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

ह्याण्डबल प्रशिक्षक÷प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते, आईतवार ०५:४३

काठमाडौं ।पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक÷प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न भएको हो । विद्यालयस्तरमा ह्याण्डबल खेलको विकास संगै यूवा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशको ह्याण्डबलको बलियो उपस्थितीलाई अझै बलियो बनाउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताउँदै आफूले सिकेको शिपको सदुपयोग गर्दै यूवा खेलाडी उत्पादन, ह्याण्डबलको विकास र प्रवर्द्धनमा खर्च गर्न आग्रह गरे । प्रदेश खेलकुद परिषदले सबै खेलको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै खेलकुदलाई प्रविधिमैत्री बनाउन समेत जोड दिए ।
उपाध्यक्ष गुरुङले समाज रुपान्तरण र संस्करयूक्त समाज निर्माणको अभियानमा खेलकुद अपरिहार्य रहेको उनको भनाई थियो ।
प्रदेश खेलकुद परिषदका सदस्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य एवं प्रदेश ह्याण्डबलका उपाध्यक्ष गिरमान गुरुङ, महासचिव राजेन्द्र पहाडी, प्रशिक्षार्थी शिक्षक सुरेन्द्रराज धितालले आफ्ना भनाई राखेका थिए ।
पाँच दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा प्रशिक्षकहरु राम बहादुर क्षेत्री, चित्र बहादुर थापा, विशाल बस्नते, विशाल नेपालीले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा कास्कीसहित विभिन्न ७ जिल्लाका ४० जना खेल शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रदेश ह्याण्डबल संघले पोखरामा यहि जेठको तेस्रो साता सम्म प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको तयारी समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु