मे १० देखि १२ मलेसियाको पेरक स्टेडियममा सम्पन्न भएको २० औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका सहभागी खेलाडीहरु ईलेस जङ्ग थापा स्वर्ण पदक, आविष्कार श्रेष्ठ स्वर्ण पदक, सान्वी राज्य लक्ष्मी चन्द रजत पदक, र चन्द्र शेखर जैसवाल कास्य पदक हासिल गर्न सफल भएका छन् । उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका वरिष्ठ प्रशिक्षक एवं कोषाध्यक्ष कमरुदिन अलिको नेतृत्वमा गएको थियो । सो प्रतियोगितामा सहभागी देशहरु नेपाल, मलेसिया, ईन्डोनेसिया, माल्दिभ्स, पाकिस्तान, ईन्डिया, सिङापुर र उज्बेकिस्तान रहेको वादोरियो संघले जनाएको छ ।