जन्मदिनको शुभकामना भाई
भाई त जन्मेको दिन
संसारकै सुन्दर दिन थियो
त रुदा हामी सबै जना मुस्कुरायौ
तेरो आगमन मेरो लागी विशेष थियो ।
त आमा बा भन्दा पनि मेरो आवस्यकता थिइस
बा आमाका त हामी चार सन्तान छदै थियौ
तर मेरो भाई त मात्र थिइस र छस्
मेरो भाई मात्र थिइनस र छैनस पनि
बाल्य कालको साथी थिइस
उमेरको सहारा होस्
त मेरो अभिभावक होस
अझै मेरो मार्गदर्शक पनि।
मैले कख सिकाएको तैले
मलाई आधुनिक शिक्षा सिकाएको छस्
भाई त मेरो लागी विशेष छस् ॥
त बाल्यकालमा म संग हासीस खेलीस
म बुढेसकालमा त संग हास्नेछु
जीवनको अन्तिम ईच्छा मलाई कसैले सोधे,
तेरो खुशी बाहेक अरु हुन्न होला ।
भाई त संग लड्न त लडीन कहिल्यै
किनकी
लामो अन्तर उमेरका दिदी भाई हामी
माया साटेर हुर्कियौ
अझ भनौ
तलाई हुर्काए, बढाए र पढाए।
म तेरो सहारा बन्न सके सकिन
त मेरो सहारा बन्नु
मेरो सपना पुरा गर्ने मात्र होईन
मलाई सपना देख्न बाध्य पार्नु।
जन्मदिनको अनन्त शुभकामना भाई
यो विशेष दिन हो
मेरो लागी उत्सव हो।
हरेक दिन तेरो जन्मदिन जस्तै सुखद बनोस
हरेक साझ प्रेम र प्रणयले भरीयोस।
ध्यानमा मन लागोस
आफ्नै सम्मानले जीवन बितोस।
कसैले कहिल्यै छि नभनोस
अरुलाई खुशी बनाउने प्रयासमा जीउने होइन
आफ्नो कारणले कोही दुःखी नबनुन
भाई , संसार सुन्दर छ
जीवन अनमोल छ
सकेलम्म सदुपयोग गर्नु
जन्मदिन को अनन्त
शुभकामना सानु