सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

द पोएट आइडल’ को टप ४ मा ‘डाक्टर कवि’ मुस्कान पोखरेल, भोट हालेर बिजय गराउन मुस्कानको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते, आईतवार १४:३३

काठमाडौ,मेडिकल डाक्टर मुस्कान पोखरेलको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ ।
‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी उनको यतिबेला चर्चा चुलिँदो छ । अन्तिम चार प्रतिस्पर्धीमध्य उनको अबको जित निर्धारण भोटिङले गर्ने छ । उक्त ‘द पोएट आइडल’ मा विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन ।
मुस्कानलाई जिताउन देश बिदेशबाट लागिपरेका छन । धादिङ स्थायी घर भएकाले बढी धादिङका ब्यक्तिहरु संघ,संस्था संगै ताप्लेजुङबाट रोहित घिमिरे, पोर्चुगलबाट गोविन्द बुढाथोकी लगाएत सक्रिय छन । उनीमात्रै होइन देशविदेशमा मुस्कानलाई जिताउन भन्दै शुभेच्छुकहरु लागिपरेका छन भने उनलाई जिताउन भोट हाल्नेहरु दिन प्रतिदिन बढ्दो छ ।
तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ । मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।
मुस्कानले आफुलाई अत्याधिक भोट हालेर बिजय गराउन समस्त स्वदेस तथा बिदेशमा रहेका नेपालीहरुलाइ आग्रह गरेकी छन ।
मुस्कान पोखरेललाई भोट गर्न आफ्नो मोबाईलमा OSR connect एप डाउनलोड गर्ने, त्यसपछि The Poet Idol थिच्ने त्यसपछि मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ-सेवाबाट पनि भोट गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु