एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

फाउण्डेशन र महासंघबीच सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार ०८:५१

स्कूल स्पोर्ट फाउण्डेशन र नेपाल विद्यालय खेलकुद महासंघ दुई पक्षीय समझौता पत्रमा चिनको डालियानमा हस्ताक्षर भएको छ ।
नेपालभरका विद्यालयहरूमा खेलकुद शिक्षा र गतिविधिहरूलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी ढाँचा स्थापना गर्ने लक्ष्य राखेको पत्रमा उल्लेख गरिएको छ ।
बालबालिकाको सामाजिक–आर्थिक पृष्ठभूमिलाई ध्यान नदिई सबै बालबालिकाको लागि खेलकुद पहुँचयोग्य बनाउने त्यसैगरि युवा विकास र सामुदायिक कल्याणमा खेलकुदको प्रभावको मूल्याङ्कन गर्न अनुसन्धान र विकास सहित संयुक्त पहलका लागि धेरै मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने पत्रमा लेखिएको छ ।
खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने, प्राविधिक सहयोग र तालिमका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूसँग समन्वय गर्ने, विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा खेलकुद कार्यक्रमहरूको प्रभावको अनुगमन र मूल्याङ्कन गर्ने जस्ता सहयोग स्कूल स्पोर्ट फाउण्डेशनले गर्ने जनाएको छ ।
समझौता पत्रमा स्कूल स्पोर्ट फाउण्डेशनका अध्यक्ष रोमन ग्रेबा र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य राजकुमार कार्की बिच पत्रमा हस्ताक्षर भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु