पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

न्युटन एसईई कप बास्केटबल शनिबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार २०:५७

न्युटन हाइ स्कुलको आयोजनामा प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २०८० सालमा एसईई दिएका विद्यार्थीका ४८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा न्युटनका प्रिन्सिपल रामबहादुर केसीले जानकारी गराए । ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नगद पुरस्कारसहित पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । दुवै समूहमा विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै उपाधि विजेता र उप विजेताले न्युटनमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने छन् । सेमिफाइनल पुग्नेले ७०, क्वाटरफाइनल पुग्नेले ६० र सहभागी हरेक टोलीका खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले बताए । उनले विद्यार्थीको सर्वाङ्गिन विकासका लागि शैक्षिक गुणस्तर प्रदान गर्दै उनीहरुमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न न्युटनले खेलकुदका साथै विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आइरहेको बताए ।
प्रिन्सिपल केसीले भलिबलमा पनि न्युटनले प्रतिभावान खेलाडीको पहिचान गरी राम्रै लगानी गरी छात्रवृत्ति प्रदान गरिएको बताए ।
‘हामीले केहि खेलाडीलाई आवसीयसहित पूर्ण छात्रवृत्ति तथा केहिलाई आंशिक छात्रवृत्ति प्रदान गरेका छौं ।’ केसीले भने– ‘जम्मा ४१ खेलाडीलाई सुविधा दिएका छौं ।’ दुईदिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु