एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

एनएसकेए अन्तर्राष्ट्रिय कराते हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १० गते, बिहीबार ०४:२२

नेपाल सोतोकान कराते संघको आयोजनामा १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
उक्त प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम बागमती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ । महासचिव शेर्पाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख रुपैयाँ खर्च हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु