भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

तारकेश्वरका १२ हजार बालबालिकाहरुलाई जेष्ठ १३ गते देखि २६ गते सम्म पोलियो विरुद्ध आईपीभी खोप लगाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते, शुक्रबार ०४:३१

काठमाडौं । तारकेश्वर नगरपालिकामा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम यहि जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपालमा कोरोना महामारी लगायतका बिभिन्न कारणले २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुलाई पोलियो विरुद्धको आई.पि.भि खोप लगाउन सकिएको थिएन् । उक्त अवधीमा आई.पि.भि खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस पटक सरकारले देशव्यापी रुपमा खोप लगाउन लागेको हो । देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा नै गएर खोप लगाइनेछ । २०७५ असोज पछाडी जन्मीएका बालबालिकाहरुलाई सरकारले नियमित खोपमा नै पोलियो विरुद्धको उक्त खोप लगाँउदै आएको छ ।
यहि जेष्ठ १३ गते देखि तारकेश्वर नगरपालिकाका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने कार्यक्रम रहेको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले जानकारी दिनुभयो । शाहले तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुका ५५ खोप केन्द्रबाट २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको बताउनुभयो ।
खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो । कुंवरले तारकेश्वरको ११ वटै वडाहरुमा वडा खोप समन्वय समितिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।
पोलियो विरुद्ध आईपीभी कार्यक्रममा एलर्जी हुने, सिकिस्त विरामी भएका बालबाललिकाहरुलाई भने खोप लगाउन नहुने तारकेश्वर नगर स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु