१००८ स्वामी कैलाशानन्द गिरीजी महाराजसहित भारतीय उद्योगपति शर्मा नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते, शुक्रबार १५:४१

काठमाण्डौं । आफना शिष्यहरुसहित १००८ आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराज र राष्ट्रिय व्यापार मण्डल भारतका अध्यक्ष के के शर्मा भारतबाट नेपाल भ्रमणमा आउनुभएको छ । एक साता लामो नेपाल बसाई तालिकासहित उहाँहरु शनिवार साँझ नेपाल एयरलाईन्सबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँहरुलाई विमानस्थल स्थित विशिष्ट कक्षमा पूर्व मन्त्री, सांसद, प्रहरी अधिकारी, धार्मिक अभियन्ता लगायतले स्वागत गर्नुभएको थियो ।

त्यसो त उहाँहरुले आज आराध्यदेव पशुपति नाथ र दक्षिणकाली माताको दर्शनसँगै राष्ट्र«पति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटने कार्यक्रम रहेको र अन्य दिन अन्य उच्च पदस्थसहित धार्मिक यात्रा समेत गर्ने तालिका रहेको राष्ट्रिय व्यापार मण्डल भारतका अध्यक्ष के के शर्माले जानकारी दिनुभयो । यस भ्रमण नितान्त धार्मिक रहेको पनि उहाँले जनाउनुभएको छ । आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराज हरिद्वार स्थित निरन्जिनी अखडा पिठाधिश्वर हुनुहुन्छ भने शर्मा उद्योगपतिका साथै धार्मिक अभियन्ता हुनुहुन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु