एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

मुक्त कमैया, हलिया, कमलहरी र हरुवाचरुवाको माग बजेटमार्फत सम्बोधन गराउन सरकारलाई ११ बुँदे ध्यानाकार्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते, शनिबार ०८:४१

काठमाडौं, ११ जेठ । मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलहरी र मुक्त हरुवाचरुवाले सरकारको नीति कार्यक्रम र आगामी बजेटमा न्यायोचित पुनर्स्थपनाको माग राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कमैया, हलिया, कमलहरी र हरुवाचरुवा मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि उनीहरुको पुनर्स्थापना र जीविकोपार्जनको माग सम्बोधन हुन नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराएका हुन् ।

कृषि दासताबाट मुक्त भएपनि उनीहरुले चरम गरिबी र अभावपूर्ण जीवन यापन गरिरहेका बताइएको छ । सरकारको नीति तथा कार्यक्रममा ती समुदायहरुको सम्बोधन नभएको उनीहरुको गुनासो छ । उनीहरुले सरकारसँग विभिन्न ११ बुँदे माग राखेका छन् । आफूहरुको माग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने पनि उनीहरुको चेतावनी छ ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रममा मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको सवाल समावेश गरी बजेट विनियोजनको माग गरेका छन् । त्यस्तै, २०७८ सालमा श्याम श्रेष्ठको अध्यक्षतामा गठित मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

त्यस्तै, भुमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरुवाचरुवा पुनःस्थापनका लागि तयार पारेको पुनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गर्नसमेत उनीहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । ती समुदायका समस्या सामाधानको लागि एकिकृत ऐन जारी गरि पुनःस्थापना कार्य अगाडि बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

साथै, मुक्त कमैया, हलिया, कमलरी तथा हरुवाचरुवाहरुको तथ्याकं संकलनमा विविध कारणबस नाम छुट भएका वास्तविक मूक्त कमैया, मुक्त कमलरीहरुको तथ्याकं संकलन र प्रमाणीकरण गरी परिचय पत्रको ब्यवस्था गरिनुपर्ने उनीहरुको माग छ । शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ती लागू गर्नुपर्ने, अभिभावकविहीन र विवाह गरेर पनि जग्गाजमिन नभएका मुक्त कमलरीहरुका लागि भुमि सहितको घरबासको ब्यवस्था, सामानुपातिक प्रतिनिधीको व्यवस्था, सम्बन्धित प्रदेश सरकार र पालिकास्तरमा निर्माण हुने विविध समिती तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था, सो समुदायले सञ्चालनमा ल्याएको कृषि सहकारीहरुमा बिऊ र पुँजीको व्यवस्थालगायतका माग उठाउँदै उनीहरुले सकारको ध्यानाकार्षण गराएका छन् ।

सरकारी पर्ति जमिनमा बसोबास गरिरहेका मुक्त कमैया, हलियाहरुलाई बसिरहेकै स्थानको जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । त्यस्तै, कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये हुम्ला, जाजरकोट र सुर्खेतमा केही पालिकामा मात्र तथ्याङ्क संकलन भएको स्मरण गराउँदै उनीहरुले सात वटा जिल्लाहरु जुम्ला, मुगु, डोल्पा, दैलेख, कालिकोट, सल्यान, रुकुम पश्चिममा तथ्याङ्क संकलन गरी पुनर्स्थापना प्याकेजमा समावेश गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपालका उपाध्यक्ष श्याम सुनार, राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनार, मुक्त कमैया समाज कैलालीका अध्यक्ष चन्द्र प्रसाद चौधरी, मुक्त कमैया महिला विकास मञ्च कैलालीका अध्यक्ष सीमा चौधरी, मुक्त कमलरी विकास मञ्च, दाङ्गका हिरामोति चौधरीलगायतले मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलहरी र मुक्त हरुवाचरुवाहरुको सवाल सम्बोधन गर्न धेरै ढिला भइसकेको बताए । उनीहरुले आगामी बजेटमा आफूहरुको माग सम्बोधन गरिनुपर्ने बताए । माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु