एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत सुरुङमार्ग ब्रेक थ्रु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते, शनिबार ०९:००

काठमाडौँ– माननीय रक्षामन्त्री हरि प्रसाद उप्रेतीले हिजो दिउँसो २ बजे स्विच थिचि ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्नु भएको छ। काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हिजो सुरुङमार्ग ब्रेक थ्रु हो ।

यस अघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो । रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गर्नुभएको छ । निर्माणको ३३ प्रतिशत काम सकिएको छ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौलाइ मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री हरि उप्रेतीज्युले उद्घाटन समारोहमा बताउनु भएको छ ।

आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुख ब्यथालाइ आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाइ आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु