भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

आज जेठ १३ गते आइतबार : तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ०५:१३

आज – १३ जेठ २०८१ आइतवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेको कार्यबाट लाभ र सफलता पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन माध्यम खालको नै रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । व्यवसायमा नोक्सानी हुन सक्छ, तर सफल यात्राको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु