दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

क्याम्पसहरूमा अनुसन्धान संस्कृतिको कमी: प्राडा अधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ०५:५२

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिम’ शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो ।

विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँबानेश्वरस्थित सभाहलमा सञ्चालन गरिएको थियो ।

कलेज प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तर्गत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताउनु भयो ।

शनिवार तालिमको समापन गर्नुहुँदै डाक्टर अधिकारीले कलेजको उद्धेश्य पुरा भएकोमा खुसी व्यक्त गर्दै विश्व विद्यालय अनुदान आयोग, श्रोतव्यक्ति, कलेजका कर्मचारी तथा सहभागी शिक्षकहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त तालिमको उद्‌घाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले गर्नुभएको थियो । उक्त अवसरमा उहाँले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताउनु भएको थियो ।

उद्‌घाटन सत्रका अध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिम पश्चात मदन भण्डारी कलेजका सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोतव्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका पाण्डेले अध्ययन अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रकृया भएको धारणा राख्नु भयो ।

तालिममा प्राध्यापक डाक्टरहरू प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल र विनोद पोखरेल त्यसैगरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजिकरण गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु