डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

भ्याली पब्लिक एसइइ फुटसल आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ०६:०४

काठमाडौं ।भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसइइ कप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम बिस्ट, ब्रदर्श एफसी र डाउनटाउन तथा समूह ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नव गुरुकुल, द सेभेन ब्रोस र श्रमशील एकेडेमी रहेका छन् । त्यस्तै रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ र विद्याआर्जन समूह ‘सी’ मा तथा टिभ्स ‘ए’, भ्याली पब्लिक ‘ए’ र सेक्रेड हार्ट समूह ‘डी’ मा छन् ।
विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु