युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

बडि बिल्डिङका २८ प्रशिक्षक तयार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ०६:१६

काठमाडौं ।नेपाल बडिबिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणपछि बडिबिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उर्तिण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आथित्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाइ दिंदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग निभाउन अनुरोध गरे ।
प्रशिक्षक प्रशिक्षण जेठ १ देखि १२ गतेसम्म सञ्चालन भएको थियो । काठमाडौंमा बडिबिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथो पटक हो । पूरा देशमा भने यस्तो कार्यक्रम भएको यो आठौं पल्ट हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु