मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ०६:२९

काठमाडौ ।भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ ।

असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन हुन लागेको फिल्मले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । फिल्ममा उनको १६ वर्षको सांगीतिक करिअरलाई प्रस्तुत गरिएको छ ।

आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराज देखिएका छन् । ट्रेलरमा अहिलेका सुपरस्टार दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ल पनि प्रस्तुत छन् ।

वरिष्ठ संगीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई रिरिलिज गर्न लागिएको हो । प्रशान्त रसाइली निर्देशित यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् । ब्यांकटेस इन्टरटेनमेन्टलाई देशब्यापी पुनःप्रदर्शन गर्दैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु