१२ जेठ, काठमाडौं । उर्वर भुमी नेपालले यहि जेठ १४ गते श्रीमहादेवले सतिदेविको पार्थिव शरीर बोकेको अलौकिक मुर्तिको सार्वजनिकीकरण चण्डेश्वरी मन्दिर प्राङ्गण टोखामा गर्ने भएको छ । साथै यहि जेठ १९ गते देखि जेठ २७ गते सम्म श्रीमद भागवत विराट ज्ञान १०८ महायज्ञको दोश्रो कार्यक्रम चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा गर्ने जानकारी संस्थाका अध्यक्ष गंगालाल श्रेष्ठले गराए । सप्ताह तथा मुर्ती सार्वजनिकीकरणलाई कार्यक्रमलाई थप प्रभावकारी बनाउन उक्त संस्थाले संवाद डबली अनामनगरमा पत्र्कार सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा दिगो शान्तिको स्थापना र विश्व शान्तिको कामना सहित सतिदेवीको अंग पतन भएको १०८ पिठमा सप्ताह संचालन हुने संस्थाका अध्यक्ष गंगालाल श्रेष्ठले जानकारी गराए ।
चतुर्ब्यूह नारायण धाम नारायणहिटी मन्दिरमा हुने यो दोस्रो सप्ताह हो यस अघि काभ्रेपलाञ्चोकको मण्डनदेउपूरमा भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रमेश डंगोल अतिथीहरु विश्व हिन्दू युवा सँघ नेपालका अध्यक्ष तथा विश्व हिन्दु महासँघ कर्णाली प्रदेशका अध्यक्ष ऋषीकेश जंग साह, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य हरिकृष्ण दाहाल,राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द मान्डब्य, आध्यात्मिक तथा ज्योतिष पत्रकार कृष्ण प्रसाद अधिकारी” कश्यप” , चण्डेश्वरी मन्दिर टोखा संरक्षण समितिका ध्रुबराज जोशी, मुर्ती सार्वजनीकीकरणका कार्यक्रमका सदस्य न्हुच्छे नारायण श्रेष्ठ,टोखा संस्कृति संरक्षण समितिका अध्यक्ष गणेशमान श्रेष्ठले कार्यक्रमको तयारी तथा औचित्यताको प्रष्ट पारेका थिए । आध्यात्मिक पत्रकार तथा ज्योतिष कृष्ण प्रसाद अधिकारी” कश्यप” ले स्वस्ती वाचन गरि कार्यक्रम सफलताको शुभकामना दिएका थिए । विश्व हिन्दु युवासंघ नेपालका अध्यक्ष ऋषीकेश जंग साहले विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपालमा धर्म संरक्षण र दिगो शान्तिको लागि गर्न लागेको सप्ताह कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रमेश डंगोलले ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखामा हुने मुर्ती सार्वजनिकीकरबाट टोखा क्षेत्रमा आध्यात्मिक तथा ब्यवसायको थप प्रवर्द्धन हुने विचार व्यक्त गरे ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द मान्डब्यले मुर्ती सार्वजनिकीकरण तथा श्रीमद भागवत ज्ञान महायज्ञबाट सम्पदा संरक्षण र धार्मिक विकृती, धर्मका नाममा भएका ब्यापारलाई कम गरि राष्ट्र र राष्ट्रियता जगेर्नाको लागि यो कार्यक्रम कोषेढुँगा सावित हुने वताए । टोखामा श्रीमहादेवले सति देवीको पार्थिव शरीर बोकेको मुर्ती सार्वजनीकीकरण गरेपछि टोखा विश्व सम्पदा सुचिमा सुचिकृत हुन थप टेवा पुग्ने मुर्ती सार्वजनीकीकरण कार्यक्रमका सदस्य न्हुच्छे नारायण श्रेष्ठले विचार ब्यक्त गरे । २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डबाट राजा विरेन्द्रको बंश नास भएकोले राजपरिवारका दिवंगत आत्माको चीर शान्तिको कामना सहित पितृ आत्माको मोक्ष प्राप्त होस भनी उक्त श्रीमद भागवत विराट ज्ञान १०८ महायज्ञको दोश्रो कार्यक्रम भागवत सप्ताह ज्ञान महायज्ञ चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा पुराण बाचक राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रवचक, दरबार गुरु नारायण पौडेल (चतुर्ब्यूह) हुने कार्यक्रम सफल पार्न आवश्यक मुल आयोजक समिति लगायत सम्पूर्ण आवश्यक समिति सहितको ब्यवस्थापन र मुर्ती तयार भैसकेको जानकारी उर्वर भूमी नेपालका अध्यक्ष तथा संकल्प कर्ता गंगालाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।