एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार ०६:१६

काठमाडौं : आज १७ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।

विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु