उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

कालरात्रि ब्याण्डको नया गीत ‘निर्मोही’ मार्फ़त पुनरागमन”(भीडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार ०६:२९

-सचिन्द्र श्रेष्ठ
स्तरिय रक संगीतका लागि धौलागिरीमानै परिचित “कालरात्रि” ब्याण्ड नौलो पक्कै होइन।बेनीमा रहेका उत्साहित सांगितीक युवाहरुले सञ्चालन गरेको “कालरात्रि” व्याण्ड गठन करीब २३ बर्ष अघि भएको हो।
ब्याण्डका मुख्य भोकलिस्ट संदीप श्रेष्ठको नेतृत्वमा ‘कालरात्रि’ ब्याण्डको नया गीत ‘निर्मोही’ बजारमा आएको छ।
कालरात्रि ब्याण्ड तयार भए पछि ‘बालै भएन’ नामक गीत निकाले।त्यस पछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले ‘डंकिनी मोरी’ यूट्यूब मार्फत ल्याएका थिए र अहिले पुनः लामो समय पश्चात बजारमा बिल्कुलै नया गीत ‘निर्मोही’ ल्याएका छन।
रमणीय स्थान मुस्तांङ्गमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई ब्याण्डका मुख्य भोकलिस्ट संदीप श्रेष्ठले गाएका छन भने गीतलाई प्रकाश दुतराजले लेखेका छन।
‘बजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता ,दर्शकको मन मुटुमा बसिरहने चाहना हाम्रो व्याण्डको हो’ व्याण्डका सदस्यहरु अनिश बिश्वकर्मा, यु के छन्त्याल र राजू खान एक साथ भन्छन्।
म्यूजिक अरेन्ज तथा कम्पोज़ अमित गुरुङ्ग,प्रकाश दुतराज र स्वयं संदीप श्रेष्ठको रहेको छ।नबीन घर्तीको सम्पादनमा द कालरात्रि ब्याण्ड नामक अफिसियल यूट्यूब च्यानल मार्फ़त ‘निर्मोही’ गीत सार्बजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु