नेपाल गल्फ संघद्वारा सुबाश र श्याम सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार ०६:३६

काठमाडौं, जेठ १४ः नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पुर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाख सहित सम्मान गरेको हो । गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुबाशलाई एक लाख प्रदान गरिएको हो ।
पुर्व नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा नेपाली गल्फको सर्वाधिक सफल गल्फर सुबाशले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बङ्गलादेश ओपनमा सदभाव आचार्यसँग टिम तर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत जितेका थिए । यसैगरी सुबाशले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । यही सफलताहरूको कदर गर्दै संघले सुबाशलाई सम्मान गरेको हो । सुबाशले यही वर्ष प्रोफेसनल करियरको सुरूवात गरेका छन् ।
यसैगरी वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगद २५ हजार सहित सम्मान गरिएको छ ।
आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ । संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन् । यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गर्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु