डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्बसम्मत् चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते, मंगलवार २१:०४

२०८१ जेष्ठ १५ गते काठमाण्डौंको त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्पन्न प्रथम साधारणसभा तथा अधिबेशनबाट बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा ईला उपाध्याय, सचिवमा मनोज कुमार थापा, कोषाध्यक्षमा शंकरदेव श्रेष्ठ र सदस्यहरुमा रमा कार्की,चन्द्र सापकोटा,आकृति श्रेष्ठ,आयुष कुमार डोटेल,अमृत थोकर,जगन्नाथ दाहाल र भेषराज साह सहितको टिम निर्बिरोध रुपमा चयन भएको छ ।
उद्घाटन सत्र बागमती प्रदेश खेलकुद संघका निबर्तमान अध्यक्ष पर्शुराम आचार्यको सभापतित्व र राखेप पुर्व सदस्यसचिव केशब कुमार बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सुर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डे,उपाध्यक्ष डा. स्वामी केदारमान राजभण्डारी,कोषाध्यक्ष प्रेम खड्का, सचिव दिलिप कुमार बिष्ट केन्द्रिय सदस्यहरु पुष्करराज पन्त,डा.देवकी श्रेष्ठ,डा. सुशिला बिडारी,अर्चना घिमिरे ,सुदुर पश्चिम प्रदेश अध्यक्ष गिता सोडारी साथै योग,ध्यान,आरोग्य, संजाल महासचिव नवराज काफ्ले लगायत बागमती प्रदेशका बिभिन्न जिल्ला अध्यक्ष,सचिव,कोषाध्यक्षज्युहरु र प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा भब्यताका साथमा सम्पन्न भएको थियो ।उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि केशब कुमार बिष्टले योगको बिश्वब्यापी चर्चासंगै छिट्टै योग खेलकुदले बिश्वभर पहिचान स्थापित गर्दै मुख्य खेलहरु जस्तै चर्चित हुने धारणा राखे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु