दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, बुधबार १७:०७

काठमाडौं । महिनावारी स्वच्छता दिवस मे २८, २०२४ को शुभ अवसरमा इन्टरनेशनल मानब अधिकार संगठन नेपालले टङ्गाल माध्यमिक विद्यालय काठमाडौंका किशोरीहरुलाई लक्षित गरी महिनावारी स्वच्छता र व्यवस्थापन सम्वन्धी अभिमुखीकरण, स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रममा महिनावारीको परिभाषा, महिनावारी चक्र, महिनावारी स्वच्छता व्यवस्थापन, महिनावारी सम्वन्धी प्रचलित धारणाहरु, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने कुराहरु, महिनावारी स्वच्छता र व्यवस्थापनका लागि समुदायमा गर्न सकिने प्रयासहरुका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमसँगै सहभागीहरुलाई स्यानिटरी प्याड हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १३ बर्षभन्दा माथीका ६० जना किशोरीहरुको सहभागिता रहेको थियो भने यौन तथा लैगिंक विभेदमा आधारित हिंसा रोकथाम सम्वन्धी सचेतना कक्षा पनि संचालन गरिएको थियो ।

समारोहमा इन्टरनेशनल मानब अधिकार संगठन नेपालका राष्ट्रिय अध्यक्ष, महासचिव लगायत स्कूलका शिक्षक, शिक्षिका सहित विद्यालय परिवारको उपस्थिति रहेको थियो । सो छलफल, स्यानिटरी प्याड हस्तान्तरण र हिंसा रोकथाम सम्वन्धी सचेतना कार्यक्रमको कार्यक्रम संयोजक इन्टरनेशनल मानब अधिकार संगठन नेपालकी उपाध्यक्ष शिला न्यौपानेले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु