मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

नेपाल एमेच्योर ओपन सुरु नेपालका राहुल र भारतका शातलाई अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, बुधबार २०:४१

काठमाडौं, जेठ १६ः नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्रा १०औं नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन।
गोकर्ण गल्फ क्लबमा आज राहुल र शातले ५–अण्डर ६७ को स्कोर खडा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ३–अण्डर ६९ सहित तेश्रो स्थानमा रहेका छन। नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बङ्गलादेशका सहाब उद्दिन इभन–पार ७२ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे।
नेपालका वाङचेन ढोन्डुप र डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले १–ओभर ७३ मा दिनको खेल पुरा गरे। नेपालका ज्ञान बहादुर ढेङ्गा २–ओभर ७४ सहित दशौं स्थानमा छन।
पुरूष टिम स्पर्धामा नेपालको बी टिम र भारत ४–अन्डर १ सय ४० सहित संयुक्तरुपमा शीर्षस्थानमा स्थानमा छन। नेपाल बीका लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए। भारतका शात मिश्राले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे। सदभाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ए १–ओभर १ सय ४५ सहित तेस्रो स्थानमा रहेको छ।
महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १–अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया क्रिस कुमारलाई एक स्ट्रोकले पछि पारेकी छिन। डिफेन्डिङ च्याम्पियन कश्मीरा र दिया इभन–पार ७२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन। भारतकी मानवी सिंघानिया १–ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५–ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौ स्थानमा रहेका छन।
पुरूषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २–अन्डर ३४ र ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे। राहुलले तेस्रो र सातौं होलमा एक–एक सट बचाए। यसपछि १७औं होलमा एक सट खेर फाले पनि ११औं, १२औा, १५औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे।
शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौं, १५औं, १७औं र १८औं होलमा एक–एक सट बचाए।
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभावले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। यसपछि १२औं र १७औं होलको बर्डीका विरूद्ध १५औं होलको बोगीले ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे।
महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा पुरा गरिन। उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन। पहिलो, तेस्रो, पाँचौ र छैटौं होलमा एक–एक सट बचाइन। तर दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन। यसपछि ब्याक नाइनमा ११औं, १५औं र १८औं होलमा एक–एक सट बचाइन। तर १६औं होलमा बोगी र १७औं होलमा डबल बोगी प्रहार गरिन। कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन–पार ३६ मा सकाए।
५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागीता रहेको छ। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको छ।
आजै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष टाशी घले, महासचिव दीपक आचार्य लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु