सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते, बिहीबार ०८:२६

काठमाडौ ।नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव सम्पन्न भएको छ । ।​

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव सम्पन्न भएको हो।

‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप्स न्यूयोर्ककको संयुक्त आयोजनामा खाना महोत्सव भएको हो। पर्वतीय क्षेत्रका परिकार ढेडो, गुन्दुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थाली लगायतका मौलिक खाना पस्किएको थियो ।

अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात नेपाली फूड गुरु सुरेन्द्र चन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकलाई नेपाली खानाको स्वाद चखाइको थियोे ।

विदेशमा रहेर पनि नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धन गरी नेपाल राष्ट्रको सम्वृद्धि र विकास गर्ने उद्देश्यले खाना महोत्सव गरिएको संयोजक नेपाली फूड गुरु सुरेश चन्द्र बस्नतेले बताउनुभयो ।
अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको महोत्सवका संयोजक बस्नेतले बताउनुभयो ।

बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको समेत बस्नेतले भन्नुभयो । कार्यक्रमबाट संकलन भएको ‘डोनेशन’ रकम नेपालमा सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु