भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

नेपाल एमेच्योर ओपनको टिमतर्फ भारतलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते, शुक्रबार ०६:४५

काठमाडौं, जेठ १७ः भारतका शात मिश्रा र सुमित कोटवालले १०औं नेपाल एमेच्योर ओपनको टिमतर्फको उपाधि जितेका छन।
३६ होलको समाप्तीमा ९–अन्डर २ सय ७९ को स्कोरमा नेपाल बी टिमलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै भारतले उपाधि जितेको हो। गत संस्करण नेपालले टिमतर्फको उपाधि जितेको थियो। शातले १ सय ३३ र सुमितले १ सय ४६ स्कोर गर्दा टिमले २ सय ७९ स्कोर बनाएर पहिलो स्थान प्राप्त गरेको हो।
राहुल विश्वकर्मा र वाङचेन ढोन्डुप सम्मिलित नेपाल बी टिम २–ओभर २ सय ९० को स्कोरमा दोस्रो भएको छ। राहुलले १ सय ३९ र वाङचेनले १ सय ५१ स्कोर बनाए। सदभाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल ए टिमले ३–ओभर २ सय ९१ सहित तेस्रो स्थान प्राप्त गर्यो।
प्रतियोगिताको पुरुष स्पर्धामा भारतका शात मिश्रा ११–अन्डर १ सय ३३ को सानदार स्कोरमा नेपालका राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका छन। पहिलो दिनका संयुक्त लिडर शातले आज दिनकै उत्कृष्ट ६–अन्डर ६६ को स्कोर दर्ज गरे। नेपालका राहुलले इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदै समग्रमा ५–अन्डर १ सय ३९ सहित दोस्रो स्थानमा झरे।
समग्रमा १–अन्डर १ सय ४३ को स्कोरमा भारतका सुरज जोशी र नेपालका सदभाव आचार्य संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन। सुरजले आज १–अन्डर ७१ र सदभावले २–ओभर ७४ को स्कोर निकाले। समग्रमा २–ओभर १ सय ४६ सहित डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवाल र बङ्गलादेशका सहाब उद्दिनले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। सुमितले १–ओभर ७३ र सहाबले २–ओभर ७४ को स्कोरमा दोस्रो दिनको खेल सकाए।
शातले लगातार दोस्रो दिन बोगी रहित कार्ड तयार पार्ने क्रममा फ्रन्ट नाइन ४–अन्डर ३२ र ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे। उनले तेस्रो देखि पाँचौ होलमा लगातार तीन बर्डी तथा सातौं, ११औं र १३औं होलमा एक–एक सट बचाउँदै कुल ६ बर्डी प्रहार गरे।
राहुलले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। तेस्रो र छेटौं होलमा बर्डी प्रहार गर्दा दोस्रो, चौथो र आठौं होलमा एक–एक सट खेर फाले। यसपछि १८औं होलको बोगीका विरूद्ध ११औं र १२औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे।
महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले समग्रमा २–अन्डर १ सय ४२ सहित भारतकी दिया क्रिस कुमार माथी ६ स्ट्रोकको अग्रता बनाएकी छिन। कायाले आज १–अन्डर ७१ को स्कोर खडा गरिन। आज ४–ओभर ७६ खेलेकी दिया समग्रमा ४–ओभर १ सय ४८ सहित दोस्रो स्थानमा रहेकी छिन।
समग्रमा ७–ओभर १ सय ५१ सहित भारतकी अनाथी विवेक(७४) र मानवी सिंगानिया (७८) संयुक्तरुपमा तेस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन नेपालकी कश्मीरा शाह समग्रमा १२–ओभर १ सय ५६ सहित पाँचौ स्थानमा तल झरिन। उनले आज १२–ओभर ८४ को प्रदर्शन गरिन। उनले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरेपनि ४ पारको १४औं होलमा ७ सट खेर फाल्दा खराब नतिजा आएको हो।
लिडर कायाले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाइन। यसपछि १५औं होलमा एक सट बचाए पनि १७औं होलमा डबल बोगी खेप्न बाध्य भइन। ब्याक नाइन १–ओभर ३७ मा पुरा गरिन।
दियाले फ्रन्ट नाइन ३–ओभर ३९ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ र आठौं होलमा बोगी प्रहार गरिन। सातौं र नवौं होलमा एक–एक बचाइन। यसपछि ११औं होलको बोगीले ब्याक नाइन १–ओभर ३७ मा पुरा गरिन।
५४ होलको तीन दिने प्रतियोगितामा पुरूषतर्फ ३१ र महिलातर्फ ८ खेलाडीले अन्तिम १८ होलको लागि कट बनाएका छन। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका खेलाडीको सहभागीता रहेको छ। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु