दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते, शनिबार १४:५३

काठमाडौं ।नेपाली, अङ्ग्रेजी, तामिल र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मदन थापाको लेखन तथा निर्देशन रहेको छ ।

दुई मिनेट ३४ सेकेन्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जङ्गलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रले बेहोरेको समस्यालाई देखाइएको छ ।

एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जङ्गलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ ।

चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्दल,गणेश उपाध्यायलगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु