ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

लैनचौर टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार ०६:२५

काठमाडौं ।लैनचौर तेक्वान्दो डोजाङले प्रथम बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक ७ स्वर्ण जित्दै लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।
एसकेबीसी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसहित बालाजु तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको आयोजक एसकेबीसीले ३ स्वर्ण प्राप्त ग¥यो ।
पुरुषमा एसकेबीसीका करण धोली तथा महिलामा लैनचौरकी आकृति गुरुङ उत्कृष्ट खेलाडी घोषित भएको आयोजक एसकेबीसीका प्रमुखि रञ्जितबहादुर डगौराले जनाएका छन् । उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार हात पारे । टोखा नगरपालिकास्थित श्री समाजको भवनमा भएको प्रतियोगितामा सुवास श्रेष्ठ उत्कृष्ट निर्णायक चुनिए ।
दुईदिने प्रतियोगितामा बागमती प्रदेशका ३५ डोजाङका करिब ५ सय खेलाडीको सहभागिता रहेको प्रमुख डगौराले जनाएका छन् । ग्योरोगीमा २८ र पुम्सेमा ४ गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार हात पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु