पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते, बुधबार ०७:५३

काठमाडौं, जेठ २३। विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।यसवर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ ।

सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न‍ समस्या र तिनका समाधानमा कार्यक्रमहरु केन्द्रित हुने गरेका छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु