ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

योगेन्दले एसियाली कुराँशमा प्रतिस्पर्धा गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ०६:०५

योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
योगेन्द्रसंगै मनोज आचार्य र नेपाल कुराँश संघका कार्यवाहक अध्यक्ष जीवन राई पनि इरान जाँदै छन् । मनोज प्रशिक्षक सेमिनार तथा जीवन एसियाली कुराँशको कोंग्रेसमा सहभागी हुने छन् । दुवै कार्यक्रम प्रतियोगिताकै दौरान हुनेछ । टोली बिहीबार इरान प्रस्थान गर्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले खेलको पहिलो अनुहार खेलाडी हुन् भन्दै कुराँश संघलाई खेलको विस्तार गरी खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु