डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

“ज्ञनोदय स्कूल ज्यामिरकोटमा विश्व वातावरण दिवस मनाइयो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ०८:२४

जेष्ठ – २३, ज्ञानाेदय आधारभुत स्कुल ,पाँचखाल – २, ज्यामिरकाेटमा “हाम्रो भूमि हाम्रो भविष्य, हामी पुस्ताका पुनर्स्थापना हौँ ’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस – २०८१ विद्यालय परिसरमा वृक्षारोपण गरि मनाइयो ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका सदस्य सोकनथ गौतमकाे विशेष उपस्थितिमा भएकाे थियाे भने कार्यक्रममा ब्यवस्थापन समितिका सदस्यहरु जुनु तामाङ, छायाँ तामाङ, चमेली गौतम, मंगल तामाङ , शिक्षक प्रतिनिधि पत्न बहादुर तामाङ र सदस्य सचीव एवं विद्यालयका प्र.अ मेघनाथ अधिकारी, विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय बुद्धिजीवी, पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरुकाे बाक्लो उपथिति रहेको थियो।

विद्यार्थीहरुलाई बोटबिरुवाको महत्व बारे विद्यालयका प्र. अ. मेघनाथ अधिकारीले जानकारी गराए । हरेक विशेष महत्वको दिन विद्यालयमा विद्यार्थीहरुलाई त्यस विषयको जानकारी गराउने गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।

गत शैक्षिकसत्रमा विद्यालयका बालबालिकालाई बितरण गरिने भनेको नि:शुल्क ब्याग, ड्रेस एवं अतिरिक्त पुस्तक नि:शुल्क वितरण गरिएकोले विद्यार्थीमा थप उत्साह थपिएको जानकारी शिक्षक माधब नेपालले बताए । प्रदेश सरकारको सहयोगमा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवं अन्य कुरा खरिद पनि लगभग अन्त्य अन्त्य भएको कुरा ब्यवस्थापन समितिका सदस्य सोकनथ गौतमले बताए । अनुदान परेको रकमले विद्यालयमा अब सबै आवश्यक कुराको सुविधा हुने हुँदा सबै स्थानीय एवं वरपरका अभिभावकलाई निर्धक्क ढुक्कसँग गुणस्तरीय शिक्षा प्राप्तिका आफ्ना नानीबाबु भर्ना गर्नको लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले आव्हान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु